+
+
Shares

सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ

पूर्वाधार विकास मन्त्रालयमा प्रवेश गरेर होहल्लासहित अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १९:३३

१२ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयमा प्रवेश गरेर होहल्लासहित अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको साविक मान्म गाविस–५ घर भई हाल भक्तपुर बस्ने ३५ वर्षीय उपेन्द्रकुमार शाही रहेको प्रहरीले जनाएको छ ।

उनी सोमबार साढे ११ बजे पूर्वसूचना बिनै  पूर्वाधार विकास मन्त्रालय सिंहदरबार पसेको र मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर अभद्र व्यवहार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

सचिवको कार्यकक्ष पसेर हुलहुज्जत गर्ने, बाहिर जान सम्झाइबुझाइ गर्दा अश्लील शब्द प्रयोग गर्ने, धाकधम्की समेत दिएको काठमाडौं प्रहरीले जनाएको छ ।

त्यसपछि उनलाई पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुरमा भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?