+
+
Shares

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य, विदेश निर्यात पनि गरिने

‘आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्ब रुपैयाँको काठ बेच्ने लक्ष्य रहेको बताइन्।
  • प्रतिनिधिसभा बैठकमा उनले यस कदमबाट नेपाली बजारको माग पूरा भई निर्यात समेत गरिने र नेपाल आत्मनिर्भर हुने विश्वास व्यक्त गरिन् ।

१३ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् ।

‘आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन् ।

यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, नेपाल काठमा पूर्ण आत्मनिर्भर पनि हुने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?