+
+
Shares

कोशीमा पूर्वमुख्यमन्त्री राईले गरे रोस्ट्रमको माइक फाल्ने प्रयास, बैठक आधा घण्टा स्थगित

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।
  • प्रतिपक्षको विरोधबीच सभामुखले बैठक सञ्चालन गर्न खोजेपछि मर्यादापालकले राईलाई माइक फाल्नबाट रोकेका थिए ।
  • प्रतिपक्षको विरोधपछि सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको छ ।

१३ जेठ, विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए ।

प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए ।

सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गरे ।

मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए ।

बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिए ।

प्रतिपक्षको विरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?