१३ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले गत फागुनको निर्वाचन मार्फत प्राप्त जनादेश व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न भएको बताएका छन् ।
आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सचेतक परियारले जनक्रान्तिको जगमा आएको गणतन्त्रमा आज पनि मधेशका १ लाख मुसहरले नागरिकता नपाएको दाबी गरे ।
१९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सचेतक परियारले मधेशका डोम, चमार खत्वे, मुसहर लगायत सिमान्तकृत ६६ लाख नेपाली अहिले पनि तन्नम गरिबी र विभेदको दुष्चक्रमा भएको बताउँदै पहिले निमुखा, गरिब, पहुँचविहीन, भूमिहीन, अपाङ्गता भएका, महिला, दलित, कर्णाली, किसान र मजदुरको अवस्था बदल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सचेतक परियारले संवोधन मार्फत नेपाली जनतालाई १९ औं गणतन्त्र दिवसको शुभकामना समेत व्यक्त गरे ।
प्रतिक्रिया 4