+
+
Shares

१५ वर्ष काम गरेका कलाकारलाई चलचित्र जाँच समितिको नेतृत्व दिनुपर्छ : आरेन राई

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद आरेन राईले प्रस्तावित चलचित्र विधेयकबारे बोल्दै ‘समावेशी फिल्मलाई विशष प्राथमिकता दिने कानून बनोस्’ भन्ने धारणा राखेका छन् ।
  • उनले केन्द्रीय चलचित्र समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीले गर्नुपर्ने र बोर्डलाई स्वायत्तता दिनुपर्ने धारणा राखेका छन् ।
  • सांसद राईले ‘भाषा र संस्कृति सम्बन्धी फिल्म बनाउँछौं तर पैसा उठ्दैन’ भन्दै यसलाई विशेष प्राथमिकता दिन आग्रह गरे ।

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले समावेशी फिल्म निर्माणलाई प्रस्तावित चलचित्र विधेयकमा विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘समावेशी फिल्मलाई विशष प्राथमिकता दिने कानून बनोस्’ उनले भने । केन्द्रीय चलचित्र समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीले गर्नुपर्ने धारणा उनले राखे । ‘समितिको नेतृत्व कर्मचारीले गर्नुपर्छ भन्ने व्यवस्थामा पुनर्विचार गर्नुपर्छ’ उनले भने ।

चलचित्र विकास बोर्डलाई स्वायत्तता दिनुपर्ने प्रस्ताव सहि रहेको उनले बताए । ‘बोर्डलाई स्वायत्तता दिनुपर्छ भन्ने कुरा ठीक छ’ उनले भने । अध्यक्ष र सदस्यको सेवा मन्त्रिपरिषद्ले तोके बमोजिम हुनुपर्छ भन्ने कुरालाई परिवर्तन गरेर यसलाई नियमावलीमै तोक्नुपर्ने धारणा उनले राखे ।

उनले भाषिक र सांस्कृतिक फिल्मलाई विशेष प्राथमिकता दिन आग्रह गरे । ‘भाषा र संस्कृति सम्बन्धी फिल्म बनाउँछौं तर पैसा उठ्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?