News Summary
Generated by OK AI. Editorially reviewed.- ८ वटा विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन दिएका २१८ मध्ये १८९ जनाको आवेदन स्वीकृत भएको छ ।
- आवेदन स्वीकृत भएका १८९ जनामध्येबाट अब उपकुलपति छनोटका लागि सर्टलिस्ट सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
- अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पदहरूमा नयाँ उपकुलपति चयन गर्न यो प्रक्रिया शुरू गरिएको हो ।
१३ जेठ, काठमडौं । ८ वटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका २१८ मध्ये १८९ जनाको स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार २९ आवेदन अयोग्य भएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।
अब स्वीकृत भएका १८९ बाट सर्टलिस्ट सार्वजनिक हुनेछ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयँ उपकुलपति चयन गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4