+
+
Shares

सल्यानमा ३ थान भरुवा बन्दुक फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १२:१९

१४ जेठ, सल्यान । सल्यानमा तीन थान अवैध भरुवा बन्दुक फेला परेको छ । सामुदायिक वन लुकाएर राखेका तीन थान बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा वेवारिसे अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सामुदायिक वनमा बेवारिसे अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा खोजतलास गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?