+
+
Shares

पूरक वातावरण प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्दै सरकार

मौजुदा कानुनमा ईआईएका आधारमा आयोजना निर्माण गर्ने क्रममा रुख कटानको साविकमा भएको स्वीकृत संख्यामा घटी-बढी रहेकोमा घटी हुँदा पनि पूरक ईआईए गर्नुपर्ने व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५१

१५ जेठ, काठमाडौं । सरकारले स्वीकृत वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्र वा कटान हुने रुखको संख्या घटेको अवस्थामा पनि पूरक वातावरण प्रभाव मुल्यांकन (ईआईए) गर्ननपर्ने व्यवस्था गर्न लागेको छ ।

आर्थिक वर्ष २०८३/०८४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

मौजुदा कानुनमा ईआईएका आधारमा आयोजना निर्माण गर्ने क्रममा रुख कटानको साविकमा भएको स्वीकृत संख्यामा घटी-बढी रहेकोमा घटी हुँदा पनि पूरक ईआईए गर्नुपर्ने व्यवस्था छ ।

यसले आयोजनाको काममा ढिलाइ हुने गरेको भन्दै पूरक ईआईए आवश्यक नपर्ने गरी कानुन बनाउन लागिएको हो ।

सरकारले वातावरणलाई भन्दा विकासलाई जोड दिने संकेत गरेको छ । बजेट वक्तव्यमा भनिएको छ, ‘विकास र वातावरणबीच द्वन्द्व होइन सामान्जस्य स्थापित गर्नेतर्फ सरकार सचेत रहने छ ।  त्यसका लागि वातावरण ऐन २०७६ र वन ऐन २०७६ परिमार्जन गरिने छ ।’

विकास निर्माणका क्रममा गर्नुपर्ने रुख कटान प्रक्रियालाई सहज बनाइने अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?