+
+
Shares

अर्थमन्त्री वाग्लेले गरे सुवर्णशमशेरलाई सम्झेर बजेट भाषण सुरु

‘आधुनिक नेपालका प्रथम अर्थमन्त्री सुवर्ण शमशेरबाट करिब ७५ वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय पेस गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिँदा गौरवान्वित छु,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:३५

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर जबरालाई सम्झिँदै बजेट भाषणको सुरूवात गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले पूर्वअर्थमन्त्री सुवर्ण शमशेरको नाम उच्चारण गरेका हुन् ।

‘आधुनिक नेपालका प्रथम अर्थमन्त्री सुवर्ण शमशेरबाट करिब ७५ वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय पेस गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिँदा गौरवान्वित छु,’ उनले भने ।

२००८ सालमा पहिलोपटक कांग्रेस नेतृत्वको सरकारले नेपालको पहिलो बजेट ल्याएको थियो । मातृकाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले पहिलोपटक औपचारिक बजेट ल्याएका थिए ।

पहिलो बजेटको आकार पाँच करोड २५ लाख ३१ हजारको रहेको थियो । जहानीयाँ राणा शासन अन्त्य भएको एक वर्षपछि अर्थात् प्रजातन्त्र स्थापनाको अर्को वर्ष २००८ माघ १९ मा नेपालको पहिलो बजेट आएको थियो ।

तत्कालीन अर्थमन्त्री सुवर्णशमशेरले सरकारी सञ्चारमाध्यम रेडियो नेपालमार्फत उक्त बजेट भाषण प्रस्तुत गरेका थिए ।

‘नेपालमा १०४ वर्षको राणा शासनको अन्त्य भएको र अन्तरिम सरकार खडा भएको अवस्थामा प्रस्तुत गरिएको यो बजेट पहिलो हो र प्रजातन्त्र स्थापनापछिको पहिलो अर्थमन्त्रीको हैसियतमा यो बजेट प्रस्तुत गरेको छु’, उनले बजेट भाषणका क्रममा भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?