+
+
Shares

नर्सहरूको रात्रिकालीन भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रको नयाँ बजेट सार्वजनिक गरे ।
  • गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसबारे उक्त घोषाण गरेका हुन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो ।

अस्पतालमा काम गर्ने नर्सहरूको नाइट ड्युटी भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा सरकारले गरेको छ ।

नर्सले रात्रिकालीन डियुटी गरेबापत १५० रुपैयाँ दिइँदै आएको थियो । त्यसैगरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा ५० प्रतिशत बृद्धि गरिएको बताए । नर्स तथा सामुदायिक महिला स्वयंसेविकाको भत्ता तथा यातायात खर्च वृद्धिले सेवा प्रवाहमा उत्साह थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?