+
+
Shares

ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आफ्नो प्रतिबद्धता विपरीत वितरणमुखी बजेट ल्याएको आरोप लगाए ।
  • योजना आयोगको सिलिङभन्दा डेढ खर्ब रुपैयाँ बढाएर ल्याइएको बजेटको आकार वास्तविक नभएको उनले बताए ।
  • आगामी स्थानीय चुनावलाई लक्षित गरी बजेट ल्याइएको टिप्पणी उनले गरे ।

१५ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले रास्वपा नेतृत्वको सरकारले आफ्नो प्रतिबद्धता बिपरीत बजेट ल्याएको प्रतिक्रिया दिएका छन् ।

वितरणमुखी बजेट ल्याएको र त्यसको स्रोत ऋण भनिएकोप्रति उनले असंगति भनेका छन् । ‘विगतमा स्थापित दलहरुले बढी ऋण उठाए, देश लुटे खाए भनेर आएको शक्तिले पनि ऋण लिएर घ्यू खाए जस्तो,’ पूर्वअर्थमन्त्री पुनले भने, ‘यो उहाँहरुको प्रतिबद्धता बिपरीत आएको छ । कि हामीले विगतमा बेठिक बोल्यौ, गलत आरोपहरु लगायौं भन्नुपर्यो होइन भने बाचाअनुरुप मिलेन ।’

बजेटको आकार पनि वास्तविकतामा आधारित नभएको उनले बताए । योजना आयोगले २० खर्ब वरिपरीको सिलिङ तोकेपनि त्यसमा डेढ खर्ब बढाएर बजेट ल्याएको पुनले बताए ।

‘यो आकार वास्तविक होइन, स्वयं अर्थमन्त्रीलाई पनि थहा छ,’ उनले भने । विगतमा कम्युनिष्ट अर्थमन्त्रीहरुलाई वितरणमुखी बजेट ल्याएको भन्ने गरिएकोमा यसपटक पनि त्यस्तै बजेट आएको पुनले बताए ।

आगामी स्थानीय चुनावलाई हेरेर बजेट आएको पनि उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?