News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय गाडीमा भन्सार र स्वच्छ पूर्वाधार लगानी शुल्क बढाएपछि लक्जरी गाडी महँगो हुने भएको छ ।
- नयाँ व्यवस्था अनुसार पैठारी मूल्य ५० लाख रुपैयाँभन्दा बढी भएका विद्युतीय गाडीमा थप ११० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।
- यसअघि मोटर क्षमताका आधारमा मात्र भन्सार लाग्दै आएकामा अबदेखि गाडी आयात गर्दाको कारोबार मूल्यका आधारमा कर निर्धारण गरिने भएको छ ।
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि लक्जरी विद्युतीय गाडीको मूल्य बढ्ने भएको छ । सरकारले मूल्यका आधारमा भन्सार र स्वच्छ लगानी योगदान शुल्क लगाएका कारण मूल्य बढ्ने भएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत विद्युतीय गाडीमा मूल्यका आधारमा २० प्रतिशत भन्सार तोकेको छ । त्यसैगरी ११० प्रतिशतसम्म स्वच्छ लगानी योगदान शुल्क कायम गरेको छ । हाल भने विद्युतीय गाडीमा मोटर क्षमताका आधारमा भन्सार लाग्दै आएको छ ।
सरकारले विद्युतीय गाडीमा आयात हुँदाका वखत भन्सारमा कायम गरिएको कारोबार मूल्य २० लाखसम्म भएका विद्युतीय मोटर गाडीमा २.५ प्रतिशत मात्र स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।
त्यसैगरी आयात हुँदाका वखत भन्सारमा कायम गरिएको कारोबार मूल्य ३० लाख भन्दा बढी ४० लाखसम्म मोटर गाडीहरूमा थप १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।
आयात हुँदाका वखत भन्सारमा कायम गरिएको कारोबार मूल्य ४० देखि ५० लाख रुपैयाँसम्म भएका मोटर गाडीमा थप ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ ।
पैठारी हुँदाका वखत भन्सारमा कायम गरिएको कारोबार मूल्य ५० लाख भन्दा बढी भएका मोटर गाडीहरुमा थप ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ । भन्सार महसुल लिने प्रयोजनको लागि निर्धारण गरिएको मूल्यमा भन्सार महसुल समेत थप गरी कायम हुन आएको मूल्यमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइने सरकारले जनाएको छ ।
प्रतिक्रिया 4