१५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले बजेटलाई औसत र सन्तुलित भनेका छन् ।
‘स्रोत छैन, धेरै ठुलठूला घोषणा पनि छैनन् । ऋण धेरै छ, आन्तरिक र बाह्य तर्फ,’ फेसबुकमा रिजालले लेखेका छन्, ‘विदेशीले पैसा दिएभने बजेट कार्यान्वयन हुने अवस्था छ ।’
विकास निर्माणमा २० प्रतिशत बजेट विनियोजन गरेर ७ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य यथार्थपरक नभएको उनको टिप्पणी छ । ‘बजेटले मध्यम वर्गलाई फोकस गरेको छ । रेमिट्यान्सबाट धेरै आश गरेको छ,’ उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4