+
+
Shares

निजी अस्पतालमा उपचार गर्ने बिरामीसँग तीन प्रतिशत कर असुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते २२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी अस्पतालका बिरामीबाट तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ असुल्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संसद्‌मा बजेट प्रस्तुत गर्दै निजी स्वास्थ्य संस्थाको सबै सेवा शुल्कमा सो कर लाग्ने उल्लेख गर्नुभयो ।

१५ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट तीन प्रतिशत कर असुल्ने भएको छ । शुक्रबार संसद्‌मा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटमा ‘स्वास्थ्य समता शुल्क’ अन्तर्गत तीन प्रतिशत कर लिने घोषणा गरिएको हो ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेद्वारा प्रस्तुत बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्तिले विरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुल उपर गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?