News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा नलैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ।
- मन्त्रालयले बिरामीको इच्छाविपरीत निजी तथा महँगा अस्पतालमा लैजाने गतिविधि रोक्न सूचना जारी गरेको छ।
- एम्बुलेन्स चालकले आर्थिक लाभका लागि यस्तो कार्य गरे कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।
९ पुस, काठमाडौं । आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा नलैजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूलाई आग्रह गरेको छ । बिरामी तथा घाइतेको इच्छाविपरीत एम्बुलेन्स चालकले निजी तथा महँगा अस्पतालहरूमा बिरामी लैजाने गरेको गुनासो आउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार सूचना जारी गरी एम्बुलेन्स सेवा निर्देशिका विपरीत हुने यस खालका गतिविधि रोक्न मन्त्रालयले आग्रह गरेको छ । ‘अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई सहयोग गर्नुको साटो उनीहरूबाट अवाञ्छित आर्थिक लाभ लिनु अत्यन्तै दुःखद कार्य हो’ सूचनामा भनिएको छ । अघिल्ला अस्पतालले रेफर गरेको र बिरामीले चाहेकै स्वास्थ्य संस्थामा अनिवार्य लैजान एम्बुलेन्स चालकहरूलाई आग्रह गरिएको छ ।
एम्बुलेन्स चालकले आर्थिक लाभका लागि यस खालका कार्य गरेको पाइएमा कानुन
बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
प्रतिक्रिया 4