+
+
Shares

काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै 

विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी मेयर साहले गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १८:१६

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।

मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

विगत १ वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य सोमबारदेखि सुरु हुने जानकारी उनले गराएका हुन् ।

पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने महानगरले जनाएको छ  ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको मेयर साहले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा  लेखेका छन्, ‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो । देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो ।यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।’

यस्तो छ एम्बुलेन्स वितरण मापदण्ड :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?