+
+
Shares

जेनजीहरूले जलाए सिमकोट गाउँपालिकाको एम्बुलेन्स

गत असार ३ गते भारत सरकारले अनुदान सहयोग गरेको एम्बुलेन्स सुर्खेतबाट जलाइएको सिमकोट गाउँपालिकाले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिमकोट गाउँपालिकालाई सहयोग गरेको भारत सरकारले अनुदान दिएको एम्बुलेन्स जेनजी आन्दोलनमा जलाइएको छ।
  • जेनजीहरूले गत भदौ २४ गते एम्बुलेन्स जलाएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताइन्।
  • उपाध्यक्ष रोकायाले समयमै एम्बुलेन्स नल्याउँदा यस्तो अवस्था आएको र असार २२ गते कर्णाली करिडोर हुम्ला खण्ड सडक सञ्जालसँग जोडिएको जानकारी दिइन्।

१ असोज, हुम्ला। सिमकोट गाउँपालिकालाई सहयोग गरेको एम्बुलेन्स जेनजी आन्दोलनमा जलाइएको छ। कर्णाली प्रदेश सभा हातामा राखिएको एम्बुलेन्स जेनजीहरूले जलाएका हुन् ।

गत असार ३ गते भारत सरकारले अनुदान सहयोग गरेको एम्बुलेन्स सुर्खेतबाट जलाइएको सिमकोट गाउँपालिकाले जनाएको छ।

गत भदौ २४ गते जेनजीअरूको आन्दोलन जलाइएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले जानकारी दिइन् ।

समयमै ल्याउने निर्णय ढिलाइ भएर यो अवस्था आएको उपाध्यक्ष रोकायाको भनाइ छ ।’ समयमै एम्बुलेन्स हुम्ला ल्याइदिएको भए यस्तो अवस्था आउने थिएन।’ उनले भनिन् ।

गत असार २२ गते कर्णाली करिडोरको हुम्ला खण्डका खार्पुको दोजाम कर्णाली नदी माथि बेलिब्रीज निर्माण भएर उद्घाटन भएपछि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?