+
+
Shares

राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते ११:२३

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दै ।

कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।

असन्तुष्ट पक्षको नेतृत्वमा महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो ।

आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

काठमाडौंमा उपलब्ध असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?