+
+
Shares

राप्रपा सांसदको आरोप– सरकार महँगी नियन्त्रणमा असफल भयो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले महँगी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएकी छिन्।
  • सांसद लामाले महँगीले जनताको जनजीवन कष्टकर बनेको र सरकारको उपस्थिति महसुस नहुने बताएकी छिन्।
  • उनले कृषि उत्पादन सुदृढ पार्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकारलाई आग्रह गरेकी छिन्।

५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उनले सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको बताइन् ।

सांसद लामाले दुई तिहाइको शक्तिशाली सरकार भएपनि जनताको पीडा सम्बोधन हुन नसकेको र सरकारको उपस्थिति नागरिकले महशुस गर्न नपाएको टिप्पणी गरिन् ।

नागरिकको आम्दानी स्थिर रहने तर खर्चको बोझ निरन्तर बढ्दै जाने अवस्थाले सामान्य मानिसलाई जीवन निर्वाह गर्न कठिन भएको उनको तर्क छ ।

‘आज महँगीले जनताको ढाड सेकेको छ, भान्छाको अवस्था दयनीय छ,’ उनले भनिन्, ‘के यही हो सरकारले दिलाउन चाहेको सुशासन? कालोबजारी रोक्न र जनतालाई आर्थिक राहत दिन सरकार किन अग्रसर छैन ?’

कृषि उत्पादन र आपूर्ति शृंखलालाई सुदृढ गर्दै आयातमा रहेको निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग उनले गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?