News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा सांसद ताहिर अली भाटले मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताएका छन्।
- उहाँले स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित मल आपूर्तिलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो।
- किसानको समस्या हल गर्दै कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोक्न आवश्यक रहेको उहाँको भनाइ छ।
१ जेठ, काठमाडौं । राप्रपा सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार कृषि समितिको बैठकमा बोल्ने क्रममा उनले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
‘हरेक वर्ष मलको समस्याको विषय उठ्छ । यसको संकट मोचनको लागि के गर्ने त ? कुनै मल कारखाना बनाउने कि नबनाउने ? हामी अगाडि बढेनौँ भने हरेक वर्ष सिजनमा मल छैन भनेर बस्ने हो ?’ उनले भने,
किसानको समस्या हल गर्दै कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोक्न आवश्यक रहेको पनि उनको भनाइ छ ।
‘यति धेरै राजनीतिक रुपमा मुलुकमा परिवर्त हुँदा पनि मलको समस्या हल भएन । त्यसकारण यो मलको समस्या हल गरौँ र कृषि पेशालाई सम्मानित गरेर युवा पलायन रोकौं,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4