News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमालको समिति गठन गर्ने निर्णय गरेको छ।
- पार्टीले जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएर महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनको समिक्षा गर्ने निर्णय गरेको छ।
- स्थगित स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय पनि राप्रपाले गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो।
१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरि महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको पनि उनले बताए ।
यसैगरी बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समिक्षाका लागि जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।
बैठकमा सातै वटा प्रदेशको समिक्षा बैठकबाट आएका सुझावहरु सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेको र त्यसमाथि पनि छलफल भएको उनले जानकारी दिए ।
उनले राप्रपा महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको बताए ।
प्रतिक्रिया 4