+
+
Shares

स्वास्थ्यका निकायमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले ८ सय ४१ अतिरिक्त दरबन्दी सिर्जना गरी कर्मचारी पदपूर्ति गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १८:३५

५ जेठ, काठमाडौं ।  स्वास्थ्य मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले ८ सय ४१ अतिरिक्त दरबन्दी सिर्जना गरी कर्मचारी पदपूर्ति गरेको छ ।

मन्त्रालय र मातहतका सरकारी कार्यालय, बोर्ड तथा अस्पतालसहित ४६ निकायमा ४ हजार २७२ दरबन्दी स्वीकृत रहेकोमा ४ हजार १८३ पदमा कर्मचारी कार्यरत छन् भने ८९ पद रिक्त छन् । तर मन्त्रालयले स्वीकृत संरचनाभन्दा बाहिर अतिरिक्त ८४१ पुल दरबन्दी सिर्जना गरी कर्मचारी नियुक्त गरिएको छ ।

यस्तै, मन्त्रालय मातहतका अस्पतालहरूले आन्तरिक स्रोतबाट तलब भुक्तानी गर्ने गरी नियुक्त गरेका कर्मचारीको अभिलेखसमेत मन्त्रालयसँग छैन ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७ (क) मा स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी तथा पदपूर्तिसम्बन्धी व्यवस्था रहेको छ । प्रतिवेदनले कानुनी व्यवस्थाअनुसार कार्य बोझ विश्लेषण गरी कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?