+
+
Shares

प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्छ : विश्वप्रकाश शर्मा

उनले कूटनीतिक प्रश्नमा संयम र परिपक्कता झनै जरुरी हुने बताएका छन् । उनले यसबारे प्रधानमन्त्रीको पार्टी रास्वपाको धारणा पनि माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
  • कांग्रेस उपसभापति शर्माले, \"देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,\" भनेका छन् ।
  • प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि शर्माले रास्वपाको धारणा माग गरेका छन् ।

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत शर्माले प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्ने बताएका हुन् ।

उनले कूटनीतिक प्रश्नमा संयम र परिपक्कता झनै जरुरी हुने बताएका छन् । उनले यसबारे प्रधानमन्त्रीको पार्टी रास्वपाको धारणा पनि माग गरेका छन् ।

प्रधानमन्त्री बालेनले आज संसद्‌मा भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले हालसालै थाहा पाएको बताएका थिए ।

‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,’ शर्माले लेखेका छन्, ‘सरकार बालेनको मत प्रधान कि `व्यक्ति बालेन´को मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?