+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर झुकेको छ : एमाले सांसद बराल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति प्रतिपक्षी नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
  • एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको शीर झुकेको भन्दै आपत्ति जनाउनुभएको छ ।
  • सांसद बरालले प्रधानमन्त्रीको सो अभिव्यक्तिले देशको प्रतिष्ठामा आँच आएको जिकिर गर्नुभयो ।

१७ जेठ, काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

आइतबार सिंहदरबारस्थित संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शिर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक लिने बताए ।

‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नुभएको छ यसले हामी सबै नेपालको शिर झुकेको छ,’ उनले भने ।

उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे ।

‘प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सिमाना मिचेको छ भनेर अत्यन्तै दु:खद् छ । गम्भीर आपत्तिजनक छ । र, आज यो सबै नेपालीहरूका लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो’ बरालले भने, ‘देशको शिर यसले झुकाएको छ । हामी यो विषयलाई गम्भीरतापूर्वक उठाउन चाहन्छौं। यो कुरा सबै नेपाली सबै देशभक्त स्वाभिमानीहरूको शिरमाथि उहाँले धब्बा लगाउनुभएको छ ।’

सांसद बरालले प्रधानमन्त्री शाहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?