+
+
Shares

रास्वपा काठमाडौं महानगरको अधिवेशन : सभापतिमा ३ जनाको उम्मेदवारी, अन्यमा को को ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगर समितिको पहिलो अधिवेशन १८ जेठमा हुँदैछ ।
  • महानगर समितिको सभापति पदका लागि कमलप्रसाद पन्त ‘शशि’, गणपतिलाल श्रेष्ठ र बिना तामाङको उम्मेदवारी परेको छ ।
  • रास्वपाले आगामी ७ देखि ९ असारसम्म केन्द्रीय महाधिवेशन गर्ने तय गरेको छ ।

१७ जेठ, काठमाडौं । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन भोलि हुँदैछ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो ।

अधिवेशनबाट नयाँ समिति चयन हुँदैछ । नयाँ समितिका लागि उम्मेदवारहरूको नामावली प्रकाशन भइसकेको छ ।

जस अन्तर्गत, काठमाडौं महानगर समितिको सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । पार्टीका महानगर संयोजक कमल प्रसाद पन्त ‘शशि’, सम्पदा संरक्षक अभियन्ता गणपतिलाल श्रेष्ठ र बिना तामाङले सभापति पदका लागि उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । अञ्जना मिश्र, सुमि कोइराला, सम शाक्य र अम्बिका भण्डारीले उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

सचिव पदका लागि निकेशमान नापित र प्रतिक श्रेष्ठले उम्मेदवारी दिएका छन् भने सहसचिवका लागि चिरञ्जिवि खड्का र किशोर न्यौपानेले उम्मेदवारी दिएका छन् ।

सदस्यमा भने २६ जनाले उम्मेदवारी दिएका छन् ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको छ ।

पार्टी केन्द्रले वडा र पालिका तहको ३० प्रतिशत अधिवेशन गरेर पनि उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?