+
+
Shares

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरको आवेदन खुला

गत वर्ष २० हजारले पाएका थिए सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन जेठ १ देखि १० गतेसम्म खुला गरेको छ।
  • छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ जसमा कक्षा १० को पाठ्यक्रम आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछ।
  • गत शैक्षिक सत्रमा २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए र महानगरपालिकाले २ अर्ब २५ करोड बराबर छात्रवृत्ति वितरण गरेको छ।

३० वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको हो । विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् ।

विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा रहेको छ।

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित रहेर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

गत वर्ष २ अर्ब २५ करोड बराबरको छात्रवृत्ति वितरण

महानगरपालिकाले शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाका अनुसार, गत शैक्षिक सत्र (२०८२) मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका थिए । कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले यो सुविधा पाएकोमा गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?