१८ जेठ, काभ्रेपलाञ्चोक । आज २६औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो ।
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।
यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी सरोकारवाला निकायहरूले जेठ १४ देखि १९ गतेसम्म साताव्यापी कार्यक्रमहरू आयोजना भएका छन् ।
जेठ १८ गते काठमाडौंमा आयोजना हुने मूल समारोहमा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरी प्रमुख अतिथिको रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा दुग्ध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तीहरूलाई सम्मान गरिने समेत दुग्ध विकास बोर्डका अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
साताव्यापी कार्यक्रम अन्तर्गत उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, कालीमाटीमा रहेको आमाघरमा वृद्धवृद्धाहरूलाई दूध र फलफूल वितरण गरेको थियो भने आज जेठ १८ गते काठमाडौंमा आयोजना हुने मूल समारोहमा कृषि, वन तथा वातावरण मन्त्री माननीय गीता चौधरी प्रमुख अतिथिको रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही अवसरमा दुग्ध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने समेत बोर्डले जनाएको छ । भोली मंगलबार उपभोक्ता सचेतना अभियान र अन्तक्रियात्मक गोष्ठीहरू सञ्चालन गरेर कार्यक्रम समापन हुनेछ ।
दुग्ध विकास बोर्डका अधिकृत अधिकारीका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ । कुल कृषि गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ, जसमा दुग्ध मुख्य क्षेत्र हो ।
आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार नेपालमा वार्षिक २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन भएको छ । ‘यो क्षेत्रले ग्रामीण अर्थतन्त्रमा वार्षिक करिब २८ अर्ब रुपैयाँ सहरबाट गाउँतर्फ प्रवाह गर्दै ३ लाख ८० हजार परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
दूध बिक्रीबाट प्राप्त हुने नियमित आम्दानीले किसानहरूको जीवनस्तर सुधार, बालशिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै गरिबी न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको छ’, अधिकारीले भने ।
स्वास्थ्यको दृष्टिकोणले दूधलाई एक सन्तुलित र पूर्ण खाना मानिन्छ, जसमा शरीरको विकासका लागि आवश्यक प्रोटिन, क्याल्सियम, र विभिन्न भिटामिनहरू प्रचुर मात्रामा पाइन्छन् । नेपालमा व्याप्त बाल कुपोषण, पुड्कोपन र कम तौल जस्ता समस्या न्यूनीकरण गर्न ‘स्कुल मिल्क प्रोग्राम’ र नियमित दूध सेवनलाई प्रोत्साहन दिने उद्देश्य यो दिवसको रहेको छ ।
चिकित्सकहरूका अनुसार हड्डीको मजबूती र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि दूधको सेवन अनिवार्य छ ।
औद्योगिक विकासतर्फ नेपालमा हाल काभ्रेपलाञ्चोक, विराटनगर, चितवन, पोखरा, भक्तपुर, सुनसरी र हेटौंडा लगायतका ९ वटा स्थानमा धूलो दूध (पाउडर मिल्क) कारखाना सञ्चालनमा रहेका छन् । यी उद्योगहरूले वर्ष २०८२ मा करिब ५ करोड लिटर दूध प्रशोधन गरी ४ हजार १५० मेट्रिक टन धूलो दूध उत्पादन गरेका छन् ।
पछिल्लो चार वर्षमा दुग्धजन्य पदार्थको व्यापारमा ७१ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले यो क्षेत्रको निर्यात क्षमता र औद्योगिक भविष्य आशालाग्दो देखिएको छ ।
प्रतिक्रिया 4