0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलासा, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते २०:४२

२६ जेठ, धनगढी । कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आइतबार मृत भेटिएका कैलारी गाउँपालिका–९ गदरियाका रानाको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए ।

उनका अनुसार हत्यामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई पक्राउ गरिएको छ ।

उनीहरूसहित चार जनाले रानाको कुटपिट गरी हत्या गरि शव मोहना नदी किनारमा फालेको देखिएको प्रहरीको भनाइ छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य दुुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?