News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले स्थगित बागमती प्रदेश अधिवेशन ३० जेठमा काठमाडौंमा गर्ने गरी पुनः आह्वान गरेको छ ।
- विद्युतीय माध्यमबाट हुने मतदानका लागि शंखपार्कस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
- बागमती प्रदेश समिति सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री उम्मेदवार छन् ।
२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमतीको स्थगित अधिवेशन पुनः आह्वान गरेको छ । हेटौंडाबाट काठमाडौंमा अधिवेशन स्थल सारिएको छ ।
३० जेठमा (आागामी शनिबार) शंखपार्कस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा मतदान हुने भएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समयावधि तोकिएको छ । मतदान विद्युतीय माध्यमबाट हुने निर्वाचन समितिले बिहीबार सूचना निकालेर जानकारी गराएको छ ।
सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री उम्मेदवार छन् । २६ जेठमा हेटौंडामा सुरु भएको अधिवेशनको मतदान प्रक्रिया अर्को दिन पनि सुरु हुन नसकेपछि स्थगित गरिएको थियो ।
रास्वपाको विधान अनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था छ ।
प्रतिक्रिया 4