+
+
Shares

रास्वपा महाधिवेशन : यसरी बन्दैछ उद्घाटनस्थल, नेताहरू धमाधम पुग्दै (तस्वीरहरू)

महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । अहिले महाधिवेशनस्थलमा विभिन्न सजावट एवं अन्य निर्माणका कामहरू धमाधम भइरहेको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असार ६ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ ।
  • तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरका करीब तीन हजार प्रतिनिधि, पार्टी नेता तथा पर्यवेक्षकहरू सहभागी हुनेछन् ।
  • महाधिवेशनको बन्दसत्रमा केन्द्रीय समितिको आकार १३१ बाट बढाएर १५१ सदस्यीय बनाउने विधान संशोधन प्रस्ताव पेश गरिनेछ ।

६ असार, चितवन । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । चितवनमा हुन लागेको पहिलो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू उपस्थित हुने क्रम जारी छ ।

महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । अहिले महाधिवेशनस्थलमा विभिन्न सजावट एवं अन्य निर्माणका कामहरू धमाधम भइरहेको छ ।

त्यस्तै, विभिन्न जिल्लाबाट पुगेका प्रतिनिधिहरू पनि महाधिवेशनस्थल पुगेका छन् ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

महाधिवेशन ३ दिनसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा देशभरबाट ३ हजार प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा हुनेछ । प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन पार्टीले गरेको छ भने आवासको व्यवस्था र खर्च प्रतिनिधि आफैंले गर्नुपर्ने हुन्छ ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?