News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको पहिलो महाधिवेशनमा आक्रोश मात्र नभई आशा रास्वपाको शक्ति हुनुपर्ने बताएका छन् ।
- ‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।
- ‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,’ उनले भने ।
७ असार, काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन् । साथै, उनले देशलाई जिताउन आएको टिप्पणी गरे ।
आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू पुरानो पुस्तासँग लड्न नभइ नयाँ राजनीतिक संस्कार बसाल्न आएको पनि बताए ।
‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौं,’ उनले भने ।
उनले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्ने बताए ।
‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण हुनुपर्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4