News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा विवादमा बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको स्पष्टीकरण दिएका छन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उनले कालापानी र लिपुलेकको ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित रहेको बताए ।
- उनले छिमेकी देशहरूसँग प्रमाणका आधारमा छलफल गरेर सीमा समस्या हल गरिने बताएका छन् ।
७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेकोबारे आज चितवन पुगेर थप स्पष्टीकरण दिएका छन् । आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटतन समारोहलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।
संसद्मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका हैनौं ।’
उनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’
प्रतिक्रिया 4