News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा शुभकामना व्यक्त गर्नुभएको छ ।
- उहाँले बालेन शाहलाई फरक प्रकारको नेता र रास्वपा सभापति रवि लामिछानेलाई त्यागी नेताको संज्ञा दिनुभयो ।
- उहाँले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, 'संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।'
७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन शाहको प्रसंशा गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले भने- ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबलका बन्दा है ।’
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता र हावामा समानता रहेको बताएका छन् ।
उनले रास्वपालाई शुभकामना दिँदै भने, ‘हावा कसैको पनि हुँदैन । बेलुनमा भरेको हावामा सियोले प्वाल पार्दा त्यो बाहिर निस्कन्छ ।’
उनले प्रधानमन्त्री बालेनलाई फरक प्रकारको नेता बताए भने अध्यक्ष लामिछानेलाई त्यागी नेताको संज्ञा दिए ।
उनले भने, ‘संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4