News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा यस वर्ष नयाँ बजेट निर्माणका क्रममा कुल ८ हजार ३१० वटा आयोजना प्रविष्टि भई स्वीकृत भएका छन् ।
- स्वीकृत आयोजनामध्ये ८ हजार १९९ वटा आयोजना १ अर्ब रुपैयाँभन्दा कम लागतका छन् भने १११ वटा आयोजना १ अर्ब रुपैयाँभन्दा बढी लागतका रहेका छन् ।
- आयोगले आयोजना बैंक व्यवस्थापन प्रणालीमार्फत आयोजनाको वर्गीकरण र प्रविष्टिको कामलाई व्यवस्थित र चरणबद्ध रूपमा अगाडि बढाएको जनाएको छ ।
२८ असार, काठमाडौं । राष्ट्रिय आयोजना बैंकमा ८ हजार भन्दा बढी आयोजना प्रविष्टि भएका छन् । राष्ट्रिय योजना आयोगका अनुसार नयाँ बजेट निर्माणका दौरान कुल ८ हजार ३१० आयोजना प्रविष्टि भएको पाइएको छ ।
यस वर्ष राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत पेश भएका ७ हजार ७७३ वटा अध्ययन सम्बन्धी आयोजना, ४०४ नयाँ आयोजना र १३३ वटा क्रमागत आयोजना गरी कुल ८ हजार ३१० आयोजना स्वीकृत भएको आयोगको तथ्यांक छ ।
स्वीकृत भएका आयोजनामध्ये १ अर्ब रुपैयाँ भन्दा कम लागतका नयाँ तथा क्रमागत आयोजना ८ हजार १९९ वटा छन् । १ अर्ब रुपैयाँ भन्दा माथिका १११ वटा आयोजना प्रणालीमा प्रविष्टिका लागि स्वीकृत भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार संघीय निकायबाट पेश भएका थप आयोजनाको भने हाल सामान्य परीक्षणको काम जारी छ । आयोगले आयोजना बैंक व्यवस्थापन प्रणालीमार्फत आयोजनाको वर्गीकरण, प्रविष्टि तथा व्यवस्थापनको कामलाई व्यवस्थित र चरणवद्ध रुपमा अगाडि बढाएको बताएको छ ।
प्रतिक्रिया 4