+
+
Shares

‘मिस नेपाल २०२६’ मा टप-मोडल राउन्डको प्रतिस्पर्धा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल २०२४ को महत्त्वपूर्ण विधा ‘टप मोडल’ को प्रतिस्पर्धामा २४ जना फाइनलिस्ट सुन्दरीले सहभागिता जनाएका छन्।
  • प्रतिस्पर्धीहरू भियतनामी डिजाइनर ना मोटले तयार पारेको ‘टप अफ द वल्र्ड’ थिमको पहिरनमा र्‍याम्पमा प्रस्तुत भएका छन्।
  • यो विधाका विजेताले १ अगस्टमा हुने मिस नेपालको फिनालेमा सिधै अन्तिम १२ मा प्रवेश पाउने आयोजकले जनाएका छन्।

काठमाडौं । यसवर्षको मिस नेपालको महत्वपूर्ण विधा ‘टप मोडल’को प्रतिस्पर्धा सम्पन्न भएको छ । कजारियाको प्रस्तुति रहेको यो राउन्डमा २४ जना फाइनलिस्ट सुन्दरीले प्रतिस्पर्धा गरे ।

चर्चित भियतनामी फेसन डिजाइनर ‘ना मोट ९१९२’ ले तयार पारेको डिजाइनमा सजिएका सुन्दरी र्‍याम्पमा एकपछि अर्को गरि प्रस्तुत भए । ‘टप अफ द वल्र्ड’ थिममा तयार पारिएको पहिरन आकर्षक देखियो ।

प्रतिस्पर्धाको लागि डिजाइनर ना मोट अहिले नेपालमा छन् । यो सहविधाको विशेषता के छ भने, विजेताले १ अगस्टमा आयोजना हुने फिनालेमा सिधै अन्तिम १२ मा प्रवेशको मौका पाउनेछिन् । जसको कारण पनि, सुन्दरीले यो विधा जित्न निकै कसरत गरेका थिए ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार विजेताको घोषणा चाहिँ फिनालेकै क्रममा हुनेछ । ‘टप मोडल’ राउन्डको जजमा ना मोटसहित पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, मोडल तथा अभिनेता अनुपविक्रम शाही, पूर्वमिस नेपाल इन्टरन्यासनल न्यान्सी खड्का लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?