काठमाडौं । मिस नेपाल २०२६ को कार्यक्रम तालिका सार्वजनिक भएको छ । जसअनुसार, २३ जुनदेखि सुरु हुने कार्यक्रम १ अगस्टमा हुने फिनालेसँगै सम्पन्न हुनेछ ।
२३ जुनमा प्रतियोगी अंक वितरण (स्यास सेरेमोनी), २७ जुनमा स्पोर्ट्स कम्पिटिसन, ३ जुलाईमा ग्रीन समिट, ४ जुलाईमा स्विमसुट इभेन्ट, ११ जुलाईमा टप मोडल कम्पिटिसन, १३ जुलाईमा हेड टु हेड च्यालेन्ज प्रतिस्पर्धा हुनेछ ।
स्यास सेरेमोनीमा अडिसनबाट छनोट भएका २४ जना फाइनलिस्ट घोषणा हुनेछन् । साथै, उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिने भएको छ ।
२९ जुलाईमा प्रिमिलनरी कम्पिटिसन र १ अगस्टमा फिनाले तय गरिएको छ । यसवर्ष मिस नेपालका सबै कार्यक्रम ललितपुरस्थित द प्लाजामा आयोजना हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4