+
+
Shares

बौद्धिक सम्पत्ति संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बौद्धिक सम्पत्ति चोरीविरुद्ध उजुरी दिनेको संख्या वृद्धि भएसँगै उद्योग विभागमा आर्थिक वर्ष २०८२/८३ को असार २६ सम्म ५ सय ७१ उजुरी दर्ता भएका छन् ।
  • विभागका उपसचिव श्रीकृष्ण पौडेलले चालु आर्थिक वर्षमा पुरानासमेत गरी कुल ७ सय ३४ उजुरीमाथि निर्णय गरिएको जानकारी दिनुभयो ।
  • पछिल्लो समय आफ्नो सिर्जनाको संरक्षणका लागि व्यक्ति तथा कम्पनीहरूले अदालत र उद्योग विभागमा उजुरी दिने क्रम बढ्दै गएको छ ।

२८ असार, काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालतसँगै उद्योग विभागमा पुग्ने क्रम बढेको हो ।

उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विभागमा ५ सय ७१ वटा उजुरी दर्ता भएका छन् ।

यही आर्थिक वर्षभित्र विगतका वर्षमा परेका उजुरीसमेत गरेर ७ सय ३४ वटा उजुरीमाथि निर्णय गरिएको उनले बताए ।

 काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा विगत पाँच वर्षको तथ्यांक प्रश्तुत गर्दै उहाँले प्रतिलिपि अधिकारका लागि उजुरी दिनेको संख्या बढ्दै गएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३४ वटा उजुरी दर्ता भएकामध्ये १ सय ७० वटामा निर्णय भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३ सय उजुरी परेकोमा १ सय ५३ वटा टुंग्याइएको पौडेलले जानकारी दिए ।

‘बैद्धिक सम्पती संरक्षण र सुरक्षासम्बन्धी मुद्दा यो विभागमा आर्थिक वर्ष २०७७/७८ मा ३३४ वटा उजुरी परेकोमा १७० उजुरीउपर फैसला वा निर्णय भइसकेको छ । आर्थिक वर्ष २०७९/८० मा ३०० वटा उजुरी परेकोमा १५३ वटा उजुरीउपर विभागले फैसलाा गरेको छ,’ उनले भने ।

आर्थिक वर्ष २०८०/८१ मा उजुरीको संख्या बढेर ५२४ पुगे पनि १११ वटामा मात्र निर्णय भएको उनले बताए ।

‘ त्यसैगरी आर्थिक  वर्ष २०८०/८१ मा ५२४ उजुरी परेका थिए भने विभागले १११ उजुरीउपर फैसला तथा निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३८६ वटा उजुरी परेको र ४ सय ८३(अघिल्लो आर्थिक वर्षको समेत गरेर) वटा निर्णय भएका छन्,’ उनले थप भने, ‘चालु आर्थिक वर्ष २०८२/८२ को असार २६ गतेसम्म ५ सय ७१ वटा उजुरी दर्ता भएकोमा ७ सय ३४ वटा फैसला भएका छन् । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीविरुद्ध विभागसँगै अदालतमा समेत उजुरी दर्ता हुनेक्रम बढ्दै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?