+
+
Shares

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

कपिल कोइराला कपिल कोइराला
२०८३ असार २९ गते ९:०८
सांकेतिक फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा गएको पहिरोमा परी चार महिने शिशु एलिना थामीको मृत्यु भएको छ।
  • सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर हिँड्ने क्रममा पहिरो जाँदा शिशुकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी छिन्।
  • घाइते शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

२९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी हुन् ।

भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट उनीहरु बोलेरो गाडी चढेर घर फर्किरहेका थिए । सुनखानी–साङवा सडक खण्डस्थित क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएकाले गाडीमा ओर्लिएर हिँड्ने क्रममा अर्को पहिरोमा उनीहरु परेका थिए ।

स्थानीयले उद्धार गरेर उनीहरुलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए । अस्पताल पुर्‍याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?