News Summary
Generated by OK AI. Editorially reviewed.- निहारिका राजपुत र विनु यादवले सिंहदरबार प्रवेशमा रोक लगाएको भन्दै गेटमा धर्ना दिएका छन्।
- उनीहरूले गृहमन्त्री सुधन गुरुङले पीडितहरूबीच विभेद गरेको आरोप लगाएका छन्।
- सडकमा धर्ना दिइरहेका उनीहरूलाई प्रहरीले बलपूर्वक गेटबाट हटाएको छ।
२९ असार, काठमाडौं । सिंहदबारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन् । कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारकै गेटमै धर्ना दिएका हुन् ।
सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन् । उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुधन गुरुङले विभेद गरेको आरोप लगाएका छन् ।
कोही पीडितलाई गृहमन्त्री आफैँले भेट्ने गरेको तर आफूहरू भने भेट्छु भनेर आउँदासमेत समय नदिएको उनीहरूको आरोप छ ।
प्रहरीले भित्र जान मिल्दैन भनेपछि विनु सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन् । सँगै निहारिका पनि छोरोको साथमा पानीमै भिजिरहेकी हुन् । अहिले उनीहरूलाई प्रहरीले गेटबाट हटाएको छ ।
प्रतिक्रिया 4