+
+
Shares

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउन सिफारिस

मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि कार्यलयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रियाअघि बढाएको हो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था मन्त्रालयले ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवसँग १५ दिनभित्र स्पष्टीकरण पेश गर्न माग गरेको छ।
  • ती कर्मचारी २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेकाले मन्त्रालयले निजामती सेवा ऐनबमोजिम सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।
  • मन्त्रालयले विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कमा नआएका कर्मचारीहरूको खोजी कार्यलाई तीव्रता दिएको जानकारी गराएको छ।

३० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि कार्यलयमा अनुपस्थित रहेका सह-सचिव पदमा कार्यरत १ कर्मचारीमाथि कानुनी प्रक्रियाअघि बढाएको हो।

मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको जनाएको छ। उनि २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?