+
+
Shares

१ साउनदेखि समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागु गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई व्यवस्थित बनाउन १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ ।
  • सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अनलाइनबाट आएका उजुरीमाथि छानबिन गरी बचत फिर्ताको काम अघि बढाउने जानकारी दिइन् ।
  • मन्त्री पौडेलले सहकारी बचत फिर्तालाई सरकारले प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

३० असार, काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागु गर्ने भएको छ ।

मंगलबार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले यस्तो जानकारी गराएकी हुन् ।

उनले अगामी १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने र उजुरीउपर छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताइन् ।

सहकारी बचत फिर्तालाई सरकारले निरन्तरता दिएर अघि बढ्ने पनि उनले बताइन् ।

उनेले भनिन्, ‘सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढ्नेछ । त्यसकारण सबै सहकारी पीडित नागरिकलाई धैर्य भएर बसिदिनका लागि अनुरोध गर्न चाहन्छौँ । अब हामीले समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दैछौँ ।’

उनले समस्याग्रस्त सहकारीका वचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने समेत जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?