News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले इंग्ल्याण्डविरुद्धको खेलअघि फुटबल र राजनीतिलाई नमिसाउने बताएका छन् ।
- सन् १९८२ को फकल्याण्ड युद्धको पीडादायी इतिहास भए पनि फुटबल खेललाई सो विवादबाट अलग राख्नुपर्ने स्कालोनीको भनाइ छ ।
- इंग्ल्याण्ड र अर्जेन्टिनाबीच एटलान्टा स्टेडियममा ऐतिहासिक फुटबल प्रतिद्वन्द्विताको खेल हुन लागेको छ ।
३१ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले इंग्ल्याण्डविरुद्धको खेलअघि फुटबल र राजनीतिलाई नमिसाउने बताएका छन् ।
यी दुई टोलीले एटलान्टा स्टेडियममा अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा ऐतिहासिक प्रतिद्वन्द्वितालाई पुनः निरन्तरता दिँदैछन् । जहाँ इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियनलाई पराजित गर्दै सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ । अर्जेन्टिना भने लगातार दोस्रोपटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।
मैदान बाहिरका राजनीतिक विवादहरूले मैदानभित्रको उनीहरूको प्रतिद्वन्द्वितालाई थप कडा बनाएको छ । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच फकल्याण्ड युद्ध भएको थियो । ७४ दिनसम्म चलेको उक्त युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ ब्रिटिश सैनिक र ३ सर्वसाधारणको ज्यान गएको थियो ।
अर्जेन्टिनामा ‘लास माल्भिनास’ भनेर चिनिने यो ब्रिटिश समुद्रपार क्षेत्र अझै पनि दुई देशबीच सार्वभौमसत्ताको विवादको विषय बनेको छ । ‘वास्तविकता यो हो कि यो एउटा फुटबल खेल हो । धेरै वर्ष पहिले जे भयो, त्यसको सम्मान गर्दै म यी कुराहरूलाई मिसाउन सक्दिनँ,’ स्कालोनीले भने ।
उनले थपे, ‘त्यो हाम्रो इतिहासको निकै दुखद समय थियो र यसमा हामीले गर्न सक्ने केही छैन, वास्तविकता यही हो । विश्वका अन्य ठाउँहरूमा पनि घटनाहरू भइरहेका छन् र हामी युद्धको अस्तित्वको विरोध गर्छौं । हामी ती मानिसहरूलाई पक्कै सम्झन्छौं । तर यो फुटबल खेल हो । हामीले यी दुई कुरालाई अलमल्याउनु हुँदैन ।’
बिबिसीबाट
प्रतिक्रिया 4