News Summary
Generated by OK AI. Editorially reviewed.- डेनिम नेसन र नोभा ब्यूटी इन्टरनेसनलले पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल इन्टरनेसनल २०२६’ को चौथो संस्करण आयोजना गर्ने घोषणा गरेका छन्।
- ९ साउनमा हुने फिनालेमा १२ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् र विजेताले थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
- प्रतियोगितामा रक्त क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक थोपा, एक जीवन’ अभियानलाई समावेश गरिएको आयोजकले जनाएको छ।
काठमाडौं । पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल इन्टरनेसनल २०२६’ संस्करणको घोषणा भएको छ । डेनिम नेसनको प्रस्तुति र नोभा ब्यूटी इन्टरनेसनल प्रालिले चौंथो संस्करणको कार्यक्रम गर्न लागेका हुन् ।
कुल १२ जनाले ९ साउन (२५ जुलाई) मा आयोजना हुने फिनालेमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले सेप्टेम्बरमा थाइल्यान्डमा आयोजना हुने १८औँ ‘मिस्टर इन्टरनेशनल’ प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
प्रारम्भिक अडिसनबाट छनोट भएका युवाले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला, सञ्चार सीप, फिटनेस, ग्रुमिङ, र्याम्प प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक विधामा विशेष प्रशिक्षण प्राप्त गरिरहेका छन् ।
यस संस्करणमा ‘एक थोपा, एक जीवन’ अभियान राखिएको छ । यसको उद्देश्य रक्त क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु, रक्तदानको महत्वबारे चेतना फैलाउनु रहेको छ ।
फिनालेको जज प्यानलमा अन्तर्राष्ट्रिय पेजेन्ट विज्ञ, अन्तर्राष्ट्रिय उपाधि विजेता तथा प्रख्यात फेसन डिजाइनरसहित ५ जना जज प्यानल हुनेछन् । विजेताले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि विदेशी पेजेन्ट मेन्टरबाट विशेष प्रशिक्षण तथा मार्गदर्शन प्राप्त गर्नेछन् ।
नोभा ब्यूटी इन्टरनेशनल प्रालिका अनुसार कार्यक्रमले तीन संस्करणमार्फत नेपाली युवालाई अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको छ ।
प्रतिक्रिया 4