+
+
Shares

स्वर्णिमसँग छलफल गरेर दुसित थानीबाट निस्किए रवि

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १६:२१

३ साउन, काभ्रेपालाञ्चोक । रास्वपा सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन् । सभापति लामिछाने र अर्थमन्त्रीसमेत रहेका उपसभापति डा स्वर्णिम वाग्ले शनिबार उक्त रिसोर्ट पुगेका थिए ।

पत्नि निकितासहित पुगेका लामिछाने केहिबेरअघि होटलबाट निस्किएका हुन् । सुरक्षा श्रोतका अनुसार उनी काठमाडौं फर्किरहेका छन् । वाग्ले भने केहीबेरमा फर्किने बताइएको छ ।

शनिबार दिउँसो ३ बजे अर्थमन्त्री वाग्ले रिसोर्ट प्रवेश गरेका थिए भने त्यसको केहि समयपछि पत्नि निकितासहित सभापति दिउँसो ३ : २० बजे पुगेका थिए । उनीहरू उपसभापति एवं अर्थमन्त्री बाग्लेकै लगानी रहेको आफ्नै भिल्लामा बसेका थिए ।

पछिल्लो समय सरकार र पार्टीको तालमेलको विषयमा चर्चा सुरु भएपछि पार्टी सभापति लामिछाने र उपसभापति एवं अर्थमन्त्री वाग्लेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?