३ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा विशेष कार्यक्रम गर्ने भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको हो ।
‘नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बीपी कोइरालाको ४४ औं स्मृति दिवस यही श्रावण ६ गते काठमाण्डौको प्रज्ञा भवन कमलादीमा भव्य रूपमा सम्पन्न गर्ने,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
यस्तै, आवश्यकता अनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायतका विभिन्न समितिहरू गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया 4