News Summary
Generated by OK AI. Editorially reviewed.- कानुन मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्षका रूपमा अघि बढाउने निर्णय गर्दै १६६ वटा विधेयक निर्माण गर्ने लक्ष्य राखेको छ।
- कानुनमन्त्री सोबिता गौतमले संसद्लाई कानुन निर्माण कार्यमा विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै मन्त्रालयका कानुन शाखाहरूसँग नियमित छलफल सुरु गर्नुभएको छ।
- मन्त्रालयले कानुन सुधार र निर्माण कार्यलाई प्रभावकारी बनाउन नौ बुँदे कार्ययोजना तयार पारेको छ भने प्रत्येक महिनाको पहिलो सोमबार यस्तो बैठक नियमित गरिनेछ।
४ असार, काठमाडौं । आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ ।
कानुन मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल भएको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जनाएको छ ।
प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले बताएको छ ।
‘कानुन निर्माण वर्ष सफल बनाउन तथा संघीय संसद्लाई आवश्यक विधायिक कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका १६६ विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेका हौं,’ मन्त्री गौतमको सचिवालयले भनेको छ, ‘यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुनेछ ।’
आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसद्मा बुझाइसकेको छ ।
विकासको लागि सहज वातावरण निर्माण यो वर्ष पुरै कानुन सुधारमा लाग्ने मन्त्रालयले बताएको छ ।
कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले ९ बुँदे कार्ययोजना तयारसमेत तयार पारिसकेको छ ।
सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
प्रतिक्रिया 4