+
+
Shares

कामना सेवा विकास बैंकले थाल्यो नेपाल पे कार्ड सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले नेपालपे कार्डको इस्युइङ र अक्वायरिङ सेवा औपचारिक रूपमा सुरु गरेको छ।
  • यो सेवाले बैंकका ग्राहकलाई देशभर रहेका एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका कार्ड प्रयोग गरी कारोबार गर्ने सुविधा प्रदान गरेको छ।
  • एनसीएचएलसँगको सहकार्यमा नेपालपे कार्ड अब नेपाल र विदेशमा समेत प्रयोग गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ।

४ साउन, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ तथा अक्वायरिङ थालनी गरेको छ ।

बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो, जस अन्तर्गत अब बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै देशभरि रहेका आफ्ना एटीएमहरूबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ ।

कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमका साथै नेसनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको नेसनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यवसायिक रोलआउट सुरु गरेको हो । यसपश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने छ ।

साथै रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । हालसम्म नेपालपेमा ३६ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । ७ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ्ग शुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?