+
+
Shares

सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ।
  • मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्न निर्देशन दिएको छ।
  • मन्त्रालयको सङ्ख्या कटौती र दरबन्दी मिलानका क्रममा फाजिलमा परेका कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ भर्नामा रोक लगाएको हो।

४ साउन,काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ । सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन् ।

मुख्यसचिव गोविन्दबहादुर कार्की नेतृत्वमा सोमबार गरेरको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै सरकारी सेवाका लागि तयारी गरिरहेका व्यक्तिहरू प्रभावित हुने भएका छन् ।

नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ दरबन्दीहरू खडा र भर्ना गर्ने काम रोक्न लागेको हो । ‘चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने’ सचिव बैठकको निर्णयमा छ ।

सरकारले यो वर्ष मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झारेको छ । कतिपय निकायहरू गाभिएका छन् । यी सबै कारणले यसअघि नै स्थायी पदपूर्ति भएका कर्मचारीहरूलाई काम व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ भर्नामा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?