News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम नवलपरासीको सुस्ता जोड्न नारायणी नदीमाथि निर्मित नेपालकै लामो झोलुङ्गे पुल सञ्चालनको छोटो अवधिमै जीर्ण बन्न थालेको छ।
- पुलको सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने जडान गरिएका नटबोल्टहरू खुकुलो हुँदा स्थानीयमा चिन्ता बढेको छ।
- २० करोड ९३ लाख रुपैयाँ लागतमा बनेको सो पुलबाट सुस्ताका तीन हजार बढी स्थानीयले सुरक्षित र सहज रूपमा आउजाउ गर्दै आएका छन्।
८ साउन, चितवन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ सुस्ता जोड्न नारायणी नदी माथि बनाइएको झोलुङ्गे पुल जीर्ण बन्न थालेको छ ।
२०८१ साल असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गरेर सञ्चालनमा ल्याइएको यो पुल छोटो अवधिमै जीर्ण बन्न थालेको छ ।
पुल सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने नटबोल्टहरु खुकुलो भएका छन् ।
नेपालको सबैभन्दा धेरै स्पान भएको र लामो झोलुङ्गे पुलका रुपमा चिनिने सुस्ता पुलको लागत करिब २० करोड ९३ लाख रुपैयाँ थियो ।
झण्डै ९ वर्ष लगाएर बनाइएको यो पुल सुस्ता जाने/आउने दुईपांग्रे सवारी र पैदलयात्रीले प्रयोग गर्दछन् ।
करिब ३ सय घरधुरी रहेको सुस्तामा ३ हजार १ सय जनसंख्या छ । पहिले पुल नहुँदा सुस्तावासीले नारायणी नदी डुङ्गाबाट तर्नुपर्थ्यो वा भारतीय भूमिबाट घुमेर आउजाउ गर्नुपर्थ्यो ।
पुल बनेपछि आफ्नै नेपाली भूमिबाट सुरक्षित र सहज आवतजावत सम्भव भएको छ । पुलसँगै सुस्ता बस्तीमा विद्युत् विस्तार गरिएको छ । पुलमा उत्तर प्रदेश तथा विहारबाट युवा युवतीहरु फोटो खिच्न र घुम्न अधिक मात्रामा आउने गरेका छन् ।
प्रतिक्रिया 4