+
+
Shares

चिकित्सा शिक्षा सुधारमा गोविन्द केसीलाई जति धन्यवाद दिए पनि पुग्दैन : मन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षामन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागहरूबारे अनौपचारिक छलफल सुरु भएको जानकारी गराउनुभएको छ ।
  • मन्त्री पोखरेलले विगतमा डा. केसीको अभियानमा आफू पनि सहभागी रहेको स्मरण गर्दै चिकित्सा शिक्षा सुधारमा उहाँको भूमिकाको प्रशंसा गर्नुभयो ।
  • चिकित्सा शिक्षा आयोग र मेडिकल कलेजहरूको नियमन लगायतका महत्वपूर्ण विषयमा मन्त्रालयले लिनुपर्ने निर्णयबारे चौतर्फी चासो बढेको छ ।

८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल सुरु गरेको बताएका छन् ।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘गोविन्द केसीसँग अनौपचारिक छलफल सुरु भएको छ । उहाँको माग के हो कुरा भइ रहेको छ । ध्यानाकर्षण भएको छ ।’

विगतमा आफू डा. केसीको अभियानमा जोडिएको स्मरण पनि उनले गरे ।

‘म उहाको अभियानमा जोडिएर काम गरेको हुँ । चिकित्सा शिक्षा सुधारमा उहालाई जति धन्यवाद दिए पनि पुग्दैन,’ मन्त्री पोखरेलले भने ।

८ वर्षअघि सामाजिक सञ्जालमा एउटा वाक्य निकै चर्चित बनेको थियो ।

त्यो हो– डा. केसी जति लड्छन्, जो–जोसँग लड्छन्, म सधैं उनको साथमा हुन्छु ।

त्यसबेला यो लेख्ने व्यक्ति शिक्षामन्त्री पोखरेल थिए ।

पोखरेल पनि डा. केसीका मागप्रति सहानुभूति राख्ने नेतामध्ये पर्छन् ।

अहिले डा. केसीले उठाएका मागमध्ये धेरै शिक्षा मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित छन् ।

चिकित्सा शिक्षा आयोगलाई स्वतन्त्र र प्रभावकारी बनाउने, चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन गर्ने, निजी मेडिकल कलेजहरूको मनपरी रोक्ने लगायतका मागमा अन्तिम निर्णय गर्ने जिम्मेवारी अहिले उनै पोखरेलको मन्त्रालयमाथि छ ।

त्यसैले सामाजिक सञ्जालमा अहिले प्रश्न उब्जिएको छ– त्यसबेला ‘जहिल्यै साथमा’ भन्ने मन्त्री आज केसीको मागसँगै छन् कि मन्त्रालयको निर्णयसँग ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?